‘मेस्सी साधारण ब्यक्ति होइन, मैले त्यस्तो चिजहरु देखेको छु जुन तपाईले बिश्वास नै गर्नु हुदैन’

हालै भएको एक अन्तरबार्तामा फ्याब्रीग्यासले मेस्सीको तारिफ गरेको छ ।

फ्याब्रीग्यासले मेस्सी १५ बर्ष देखी विश्वको उत्कृष्ट खेलाडी रहेको र साधारण ब्यक्ति नरहेको पनि बताए ।

‘हामीले रोनाल्डो र रोनाल्डिन्हो जस्ता खेलाडीहरु पनि देखे, एकदम उत्कृष्ट, तर मेस्सी १५ बर्ष देखि लगातार उत्कृष्ट रहिआएको छ । मेस्सी १७ औं सिजनमा छ र उनी १८ बर्षको उमेर देखी उत्कृष्ट रहदै आएका छन् । मैले त्यस्तो चिजहरु देखेको छु जुन तपाई बिश्वास गर्नु हुदैन । हरेक ३ दिनमा उनले गोल गरिरहेको हुन्छ, आफ्नो देश अर्जेन्टिनाका लागि खेल्न जान्छ, फेरि जेट ल्याग भएर आउछ अनि ह्याटि्रक हान्छ… त्यो साधारण कुरा होइन, मेरो बिश्वास गर्नुस् ।