पिएसजीका सुपरस्टारले मेस्सी संग फेरी पनि खेल्ने आफ्नो चाहना रहेको बताएका थिए र सो पछि मेस्सी पिएसजी जान सक्ने धेरै चर्चा भएको थियो। हाल सो बारे पिएसजीका खेल निर्देशक लियोनार्डोले बोलेका छन् र उनले मेस्सी साइन गर्ने कुरालाई केहि शान्त गरेका छन्।
PSG sporting director responds to Lionel Messi rumours following Neymar’s reunion talk https://t.co/x5tVcRnszH
— MailOnline Sport (@MailSport) December 6, 2020
३२ बर्सका सुपरस्टार मेस्सीको भविष्य बारे हाल धेरै चर्चा हुने गरेको छ पिएसजी उनको गन्तव्य हुन सक्ने धेरै कुरा आउँदा पिएसजीका खेल निर्देशकले सो बारे मुख खोलेका छन्।
नेमारले मेस्सीबारे गरेको टिप्पणीबारे खेल निर्देशक लियोनार्डोले भने “तपाईंलाई थाहा छ, नेमारले अर्जेन्टिनाका पत्रकार संग त्यो भने र त्यो सामान्य छ। उनले मेस्सीको बारेमा कुरा गर्नु अर्जेन्टिनाका पत्रकारहरुको अगाडी यो सामान्य हो, ”उनले केनल प्लसलाई भने।
Leonardo (PSG sporting director): “We have to respect Messi and Barcelona. Messi is a Barcelona player. We don’t like it when other clubs interfere with our players and for that reason, we don’t meddle with players from other clubs.” pic.twitter.com/y4InxqXGo2
— Barça Universal (@BarcaUniversal) December 7, 2020
“हामीले अरू क्लब प्रति आदर देखाउनु पर्छ। उहाँ बार्सिलोनाका खेलाडी हुनुहुन्छ। जब कसैले हाम्रो खेलाडीहरूको बारेमा कुरा गर्छ, हामी खुशी हुँदैनौं। त्यसैले हामी अन्य क्लबको खेलाडीलाई छुदैनौं। अहिलेनै ट्रान्सफर विन्डोको बारेमा सोच्न समय भएको छैन।
“हामीसँग भएको टोलीसँग हामी धेरै खुसी छौं। हामी हाम्रो सिजन र सिजनको पहिलो हाफको अन्तका बारे सोच्दैछौं जुन धेरै जटिल थियो।