मेस्सी साइन गर्न भनेर जर्मन क्लबका फ्यानहरुले सुरु गरे चन्दा संकलन अभियान

मेस्सीले बार्सा छोड्ने कुरा आए पछि धेरै क्लबहरु उनलाई साइन गर्न खोज्दै छन् र धेरै फ्यानहरु उनलाई आफ्नो क्लबमा देख्न चाहन्छन् तर उनलाई साइन गर्न चाहे पनि उनको ठुलो मूल्यले धेरै क्लबको लागि उनलाई साइन गर्नु कुरा केवल सपना जस्तो मात्र हुने छ।

 तर जर्मन क्लब भिएफबी स्टुट्गर्टका फ्यानहरुले उनको ठुलो मूल्य सम्म पुग्न समाधान खोजेका छन्- रकम संकलन। मेस्सीलाई आफ्नो क्लबमा भित्राउने भनेर बुन्डेसलिगामा यो सिजन प्रमोशन पाएको स्टुट्गर्ट क्लबका फ्यानहरुले £८०५ मिलियनको गो फन्द मि अभियान सुरु गरेका छन्।

स्पष्ट रूपमा उक्त अभियान फ्यानहरुले मजाकको रुपमा सुरु गरेका हुन् तर धेरैले रकम दिन सुरु गरेका छन् र १००० युरो भन्दा बढी सम्म संकलन भएको छ।

मेस्सी हाल क्लब छोड्ने क्रममा छन् उनि अब कुन क्लबमा जाने भनेर खुलेको छैन तर म्यानचेस्टर सिटी उनलाई साइन गर्ने मुख्य दाबेदारको रुपमा रहेको छ।