‘मेस्सी साइन गर्ने योजनाबाट पिएसजी पछि हटेको छैन’

Barcelona's Argentine forward Lionel Messi celebrates scoring the opening goal during the Spanish league football match between FC Barcelona and Granada FC at the Camp Nou stadium in Barcelona on January 19, 2020. (Photo by LLUIS GENE / AFP) (Photo by LLUIS GENE/AFP via Getty Images)

फ्रेन्च क्लब पिएसजी अझै पनि बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सीलाई भित्राउने योजनामा रहेको खबर छ। सिजनको अन्त्यमा बार्सा र मेस्सीको सम्झौता अन्त्य हुने छ र उनले सो पछि क्लब छोड्ने धेरै चर्चा छ।

उनले क्लब छोड्ने चर्चा हुँदै गर्दा पिएसजी, म्यान सिटी जस्तो क्लबहरू उनलाई फ्री एजेन्टको रूपमा साइन गर्ने दाउमा छ। मेस्सी हाल बार्सामा फेरी खुसी जस्तो देखिन थाले पनि पिएसजी आफ्नो मेस्सी साइन गर्ने योजनाबाट पछि नहटेको खबर छ।

जनवरीमा, पिएसजीका प्रमुख लियोनार्डोले भनेका थिए, “मेस्सी जस्ता ठुला खेलाडीहरू जहिले पनि पिएसजीको चासोको सूचीमा हुन्छन्, तर यसको बारेमा कुरा गर्ने वा सपना देख्ने क्षण होइन, तर यसलाई नजिकबाट पछ्याउँदै हामी ठुलो टेबुलमा बसिरहेका छौँ।”

मेस्सी बार्सामा मै बस्न सक्ने हाल धेरै चर्चा हुँदै गरेको छ तर पिएसजीले अझै पनि उनी माथि आफ्नो निगरानी राख्दै गरेको जानकारी छ।

बार्साले पनि उनलाई क्लब मै राख्न पूर्ण प्रयास गर्ने खबर रहेको छ भने उनको नाम म्यान सिटी सँग पनि जोडिने गरेको छ।