
पूर्व रियल म्याड्रिड र लिभरपुल स्टार माइकल ओवेनले मेस्सीको आगमन पछि पिएसजी थप कमजोर भएको दाबी गरेका छन्। च्याम्पियन्स लिगमा क्लब ब्रुगसँग १-१ को बराबरी पछि पूर्व रियल स्टारले पिएसजीको खेलको आलोचना गरेका छन्।
Does he really make PSG weaker? 🤔https://t.co/1zFN8ck5W5
— MARCA in English (@MARCAinENGLISH) September 17, 2021
उक्त खेलमा मेस्सी, नेमार र एम्बापे सामेल भए पनि खेलमा केही ठुलो प्रभाव पर्न असफल रहे पछि मेस्सी साइन गरे पछि पिएसजी झन् कमजोर भएको पूर्व रियल स्टारको दाबी गरेका छन्। ओवेनले बीटी स्पोर्ट सँग कुरा गर्दै पिएसजीको उक्त प्रदर्शनको आलोचना गरे भने पिएसजी सँग उत्कृष्ट अट्याक टिमको बाबजुद च्याम्पियन्स लिग जित्ने दाबेदार नरहेको उनले बताए।
उनले भने: “जति हामी उनीहरूको खेलबाट उत्साहित छौँ, यो पिएसजीका स्टारहरू, उनीहरू सबै आफैँमा उत्कृष्ट खेलाडी हुन्।
Michael Owen slams PSG and claims Lionel Messi signing ‘makes them weaker’ https://t.co/MS0cNLwiuD pic.twitter.com/17d5VsxUMD
— Mirror Football (@MirrorFootball) September 16, 2021
“तर तीन स्टार खेलाडी मिलेर मेरो विचारमा टिम कमजोर बनाउँछ र म वास्तव मा बुझ्दिन कि किन उनीहरू (च्याम्पियन्स लीग) को लागी एक मुख्य दाबेदारको रुपमा छन् । मलाई लाग्छ कि अंग्रेजी टीमहरु (चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड) पिएसजी भन्दा हाल धेरै राम्रो छन्। , धेरै राम्रो।
पिएसजीले यो गर्मीको ट्रान्सफर विन्डोमा मेस्सी, रामोस, हाकिमी जस्ता स्टार खेलाडीहरू साइन गरे पनि क्लब ब्रुगसँग १-१को बराबरी पछि फ्यानहरू खुसी छैनन् भने मेस्सी साइन गरे पछि पिएसजी झन् कमजोर भएको पूर्व रियल स्टारको दाबी गरेका छन्।