मेस्सी सर्वाधिक गोलकर्ताको शिर्ष १० भित्र पर्न सफल

एजेन्सी, मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिनाले बोलिभियालाई फराकिलो गोल अन्तरले पराजय गरे। उनको दुई गोलसंगै उनी अन्तर्राष्ट्रिय फुटबलमा शिर्ष १० सर्वाधिक गोलकर्ता बन्न सफल भएको छ।

उनको चिर-प्रतिद्वन्द्वी रोनाल्डोलाई पछ्याउँदै उनी शिर्ष १० मा पर्न सफल भएको हो। रोनाल्डो भने सर्वाधिक गोलकर्ताको सुचीमा इरानी अलि दाइको रेकर्ड बराबरी गरेको छ।

मेस्सीले बोलिभियाविरुद्ध दुई गोल पेनाल्टी र अर्को २० यार्डबाट गरेको थियो। उनले सोहि खेलमा अर्को रेकर्ड पनि बनाए। अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल्ने खेलाडी बन्न पुगे।

त्येस्तै उनी भन्दा अगाडि युएईका अलि माक्मौट, कोस्सिक, कामामोटो, अबुदुल्लह रहेको ।