इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ ।
सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५-४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरि भएको थियो ।
टाइब्रेकरमा सिन्सिनाटिले पराजित गर्दै मियामीले लगातार दोस्रो फाइनलमा स्थान बनाएको हो । केही दिन अघि मात्र मियामीले लिग्स कपको उपाधी जितेको थियो ।
अब उपाधि भिडन्तमा ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ । फाइनल सेप्टेम्बर २७ मा खेलिनेछ ।