मेस्सी विश्व च्याम्पियन बनेर उठ्दा, रोनाल्डो बेरोजगार

भर्खरै सम्पन्न फिफा विश्व कप २०२२ को उपाधी अर्जेन्टिनाले जितेपछि धेरैले मेस्सी-रोनाल्डोको बहस सक्किएको भनेका छन् ।

अर्जेन्टिनालाई उपाधी दिलाउन मेस्सीले निकै महत्वोपुर्ण भुमिका खेलेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गरे भने पेनाल्टी सुटआउटमा पनि गोल गरेका थिए ।

उता, रोनाल्डोले भने यस विश्व कपमा कुनै छाप छोड्न सकेन । एक गोल गरे त्यो पनि पेनाल्टीमा ।

यस विश्व कपमा रोनाल्डो सबैभन्दा खराब प्रदर्सन गर्ने खेलाडीको सुचीमा परे भने मेस्सीले गोल्डेन बल अवार्ड जित्न सफल भए ।

यससंगै फुटबल समर्थकहरुले मेस्सी-रोनाल्डो विवादको टुङ्गो भएको र मेस्सी उत्कृष्ट रहेको टिप्पणी दिएका छन् ।

यद्यपि, मेस्सीले केही दिन अघि मात्रै आफू विश्व कप टफिसंग सुतेको/उठेको फोटो आफ्नो सामाजिक संजालमा राखेका थिए ।

उनी विश्व कप च्याम्पियन बनेर उठ्दा रोनाल्डो भने क्लब बिहिन रहेका छन् ।

विश्व कप सुरु हुने केही दिन अगाडि दिएको एक निकैनै विवादास्पद अन्तर्वार्ता दिएपछि म्यान्चेस्टर युनाइटेडले रोनाल्डोको सम्झौता रद्द गर्दै उनी हाल बेरोजगार छन् ।

उनले अहिलेसम्म कुनै क्लबसंग पनि सम्झौता गर्न सकेको छैन । तर रिपोर्ट्सहरुका अनुसार रोनाल्डो साउदी अरेबियन क्लब अल नसर जान सक्ने ठुलो सम्भावना रहेको बताएका छन् ।

तपाईंहरुलाई के लाग्छ मेस्सी-रोनाल्डो बहस साच्चिकै अन्त्य भएको हो?

प्रतिक्रिया दिनुहोस् ।