जब मेस्सी वा रोनाल्डो भनेर प्रस्न हुँदा मुलरले यस्तो जवाफ दिए

जर्मन सुपरस्टार थोमस मुलरले ईएसपीएन सँग एक अन्तर्वार्तामा बोल्दै मेस्सी र रोनाल्डो बिच सबैभन्दा उत्कृष्ट को रहेको भनेर जवाफ दिएका छन्।

मेस्सी र रोनाल्डो वारे धेरै प्रतिस्पर्धा हुने गरेको छ र दुई बिच सबैभन्दा उत्कृष्ट कुन खेलाडी रहेको भनेर धेरै प्रश्न हुने गरेको छ र सो प्रश्न प्रसिद्ध खेल मिडिया ईएसपीएनले जर्मन स्टार थोमस मुलरलाइ सोधेका छन् र मुलरले निकै रोचक जवाफ दिएका छन्।

ईएसपीएनका साक्षात्कारकर्ताले मुलरलाई सोधे:- मेस्सी वा रोनाल्डो?

“रोनाल्डो, म रोनाल्डोलाई रोज्ने छु।- मुलरले उक्त प्रश्नको जवाफ दिँदै भने।

“मेस्सी विरुद्ध मेरो धेरै राम्रो तथ्याङ्क रहेको छ तर रोनाल्डो विरुद्ध, मेरो तथ्याङ्क धेरै राम्रो छैन त्यसैले म रोनाल्डो रोज्ने छु।”

थोमस मुलरले धेरै पटक मेस्सीको टिम विरुद्ध जितेका छन्। २०१४मा थोमस मुलरले मेस्सी रहेको अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप जितेका थिए भने च्याम्पियन्स लिगमा बायर्नको साथ मुलरले बार्सा माथि ८-२ सम्मको ठुलो जित हासिल गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ