मेस्सी र सलाहले सर्वाधिक मत पाएको सर्वेक्षण बन्द भएपछि बालुन डि’ओरको चर्को विरोध

विश्व सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड ‘बलुन डि’ओर’ प्रदानगर्ने फ्रान्सेली म्यागेजिन फ्रान्स फुटबलको आलोचना विश्वभर सुरु भएको छ।

यसै हप्ता उक्त म्यागेजिनले बालुन डि’ओर अवार्डका लागि ३० खेलाडीको नाम सार्वजनिक गरेको छ। जहाँ चर्चित अनुहार मेस्सी, रोनाल्डोजस्ता खेलाडीको नाम परेको छ।

नाम सार्वजनिक भएको केही दिनअघि म्यागेजिनले एक सर्वेक्षण गर्यो। जहाँ म्यागेजिनले आफ्ना पाठकलाई ३० मध्ये एक खेलाडीको नाममा भोट गर्न भनेको थियो।

तर ७ लाखले भोट गरिसक्दा ५ पटकको बालुन डि’ओर विजेता लियोनल मेस्सी र चर्चित खेलाडी मोहम्मद सलाहको नाममा मात्र भोट खस्यो। सोही समयमा म्यागेजिनले भोटिङ बन्द गर्यो।

मार्काका अनुसार त्यस भोटिङ लिंक खोल्न खोज्दा मेस्सीविरुद्ध लागेका कर छलीका आरोपहरुको समाचार आउँछ। यस घटनालाई विश्लेषकहरुले ‘बालुन डि’ओर अवार्डका प्रबल दाबेदार मेस्सीविरुद्धको आक्रमण’ भनेका छन्।

भोटिङ बन्द गरेर मेस्सीविरुद्धको समाचार त्यस लिंकमा हालिनु गलत भएको विश्वभरबाट आवाज उठिरहेको छ। भोटिङ बन्द हुनु पूर्व मेस्सी एक्लैले ४८ प्रतिशत मत प्राप्त गरेका थिए। दोस्रोमा सलाहाले ३१ प्रतिशत भोट प्राप्त गर्दा स्टार रोनाल्डोले ८ प्रतिशत मत पाएका थिए।

यसैगरी अन्य स्टार खेलाडीहरु केलिएन एमबाप्पे, लुका मोड्रेच, नेमारले मात्र समान २–२ प्रतिशत मत पाएका थिए।