बेनेफिकाका म्यानेजर होर्गे जेसुसले दावी गरेका छन कि डिएगो म्याराडोना जस्तो लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको जोश छैन। उनको विश्वास छ कि म्याराडोना संसारको सबैभन्दा उत्कृष्ट फुटबलर थिए र उनले पुरै विश्व फुटबलमा प्रभावको गरे ‘आफ्नो फुटबल’ मात्र होइन।
“In my opinion, Maradona was the greatest player in history, (together) with Pelé.
“Cristiano Ronaldo has a little bit of that, Lionel Messi has nothing. He has nothing … of passion. He is a great player,” Benfica manager Jorge Jesus said.https://t.co/jMVvw9GLOm
— Legit.ng (@legitngnews) November 30, 2020
आफुले मेस्सी र रोनाल्डोलाई खेलाडीको रूपमा आदर गरेको, तर उनीहरूमा त्यस्तै जोश र भावनाको कमी रहेको उनले बताए।
“मेरो विचारमा म्याराडोना इतिहासको सबैभन्दा ठूलो खेलाडी थिए (पेलेसँगै)। पेले अझै यहीं छन्, उनि जीवित छन्,” ईएसपीएन संग बोल्दै जेसुसले भने।
“म्याराडोना सबैभन्दा ठूलो थिए, उनी एक जीनियस खेलाडी थिए। उहाँ विश्वको शीर्ष स्थानमा हुनुहुन्थ्यो, उनि संग खेलको लागि उत्कट चाहना र जोश थियो, उहाँ फुटबल खेलाडी हुनको लागि जन्मनुभएका थिए।
🎙 Jorge Jesús (Benfica coach) “Today, among the two best in the world, Cristiano Ronaldo has a little bit of passion, Messi has nothing. He has no passion at all.”
— ❿ FCBarcelonaFl 🏆 (@FCBarcelonaFl) November 30, 2020
“आजकल विश्वका दुई सर्वश्रेष्ठ बीचमा (क्रिस्टियानो) रोनाल्डोसँग थोरै भए पनि, (लियोनेल) मेस्सीसँग थोरै पनि छैन। उनीसँग फुटबलको जोश छैन तर उनि एक महान खेलाडी हुन्।”
त्यसपछि उनले स्पष्ट गरे : “गलत अर्थ नलगाउन सावधान हुनुहोस्। मेस्सीको कुरा हो, हामी जीवन र भावना के हो भन्ने बारेमा कुरा गर्दैछौं, जुन यो खेल र फुटबलको लागि उत्कट चाहना राख्ने हो।