मेस्सी र रोनाल्डो भन्दा नेमार माथि रहेको पुर्व ब्राजिलियन स्टारको दावी

क्रिस्टियानो रोनाल्डो र मेस्सी विगत १५ बर्षमा विश्वका दुई उत्कृष्ट खेलाडीहरूको रुपमा रहेका छन्। दुई स्टारले आफ्नो क्यारियरमा गरेका काम उल्लेखनीय छ। तर, दुबै खेलाडीहरू आफ्नो क्यारियरको अन्त्य तिर आउँदैछन्।

र धेरैको विश्वास छ कि दुई स्टारको ठाउँ लिन सक्ने खेलाडीहरु हाल छैन तर पूर्व ब्राजीलियन स्टार, कायो रिबेरोको अर्कै विश्वास छ।

४५ वर्षका पुर्व ब्राजिलियन फोवार्डका अनुसार नेमारले हाल रोनाल्डो र मेस्सीलाई ओभर टेक गरिसकेका छन्।

“नेमारको व्यवहारबाट हामी सहमत नभए पनि मलाई लाग्छ कि उनी एक स्टार हुन्, उनी वर्तमानमा विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्”

“उनी क्रिस्टियानो रोनाल्डो र मेस्सी भन्दा बढी बल संग खेल्छन्।”

उनले थपे: “यो एउटा पुस्ता हो जुन कोचमा धेरै निर्भर छ, र यो खराब छ।