मेस्सी र रोनाल्डो बीचको प्रतिस्पर्धा प्रिमियर लिगमा स्थापित हुन सक्ने

रोनाल्डोलाई युभेन्टसले बेच्ने चर्चा संगै प्रिमियर लिगमा मेस्सी र रोनाल्डो बीचको प्रतिस्पर्धा पुनः जीवित हुन सक्ने सम्भावनाले फ्यानहरु उत्साहित भएका छन्।

रोनाल्डोलाई युभेन्टसले बेच्ने खबर आए पछि उनलाई म्यान्चेस्टर युनाइटेडले साइन गर्न सक्ने खबर रहेको छ भने म्यानचेस्टर सिटीले मेस्सी साइन गर्ने सक्ने कुरा नयाँ होइन।

मेस्सीले बार्सा संग सम्झौता विस्तार गरेको छैन भने अर्को सिजन उनि क्लब छोड्न स्वतन्त्र हुने छन् र उनलाई साइन गर्ने मुख्य दाबेदारको रुपमा सिटी अगाडी रहेको बेला रोनाल्डोलाई भने युनाइटेडले साइन गर्ने सक्ने खबर छ।

दुई ट्रान्सफर सफल भए फुटबल फ्यानले फेरी एक पटक एउटै लिग मेस्सी र रोनाल्डो बीचको प्रतिस्पर्धा हेर्ने पौने छन् र युनाइटेड डर्बी अझै रोमाञ्चक हुने छ।

यो सिजनको सुरुमा मेस्सी क्लब छोड्ने निकै नजिक रहेका थिए र सिटी उनलाई साइन गर्न तयार पनि रहेको खबर थियो र अब रोनाल्डोलाई पनि युभेन्टसले बेच्न सक्ने कुरा हुँदा युनाइटेड उनलाई साइन गर्न इच्छुक रहेको पनि चर्चा छ।