मेस्सी र रोनाल्डोसँग खेल्न पाउदा आफुलाइ एकदम भाग्यमानी थान्छु : डिबाला

इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी युवा फरवार्ड पाउलो डिबालाले आफूलाई ‘भाग्यमानी’ खेलाडी भएको बताएका छन् । उनले यतिबेला आफू अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग एकै समयमा सँगै खेल्न पाइरहेको बताउँदै आफूलाई लक्की भनेका हुन् ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीका सदस्य डिबाल राष्ट्रिय टोलीबाट खेल्दा मेस्सीसँगै खेल्छन् भने क्लब युभेन्टसबाट खेल्दा रोनाल्डोसँगै खेल्छन् । जबकि, विश्व फुटबलमा अहिले पनि मेस्सी र रोनाल्डोकै दबदबा छँदैछ । पछिल्लाले दशक विश्व फुटबल यी नै दुई ठूला स्टारका वरिपरि घुमिररहेको छ ।

‘रोनाल्डो एक ठूला खेलाडी हुन्,’ पछिल्लोपटक डिबालाको टोली अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कोलम्बियासँग गोलरहित बराबरी खेलेपछि मिडियासँग कुरा गर्दै डिबालाले भनेका छन् ।
उनले अघि थपेका छन्, ‘म लक्की छु कि, मैले यतिबेला अर्जेन्टिनाबाट मेस्सीसँग खेलिरहेको छु भने रोनाल्डोसँग युभेन्टसबाट खेलिरहेको छु ।’