मेस्सी र रोनाल्डोलाई उछिन्दै भ्यान डाइकले जिते वर्ष उत्कृष्ट खेलाडीको उपाधी

लिभरपुलका भ्यान डाइकले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीलाई पछी पार्दै यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् ।

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यो अवार्ड जितेका थिए । यसपटक मनोनयनमा परेका रोनाल्डो र मेस्सी दुवै लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे ।