मेस्सी र बार्सा बिच २०२३ सम्मको नयाँ सम्झौता हुने

गत अगस्तमा अर्जेन्टिनियन सुपरस्टार मेस्सीले बार्सिलोना छाड्न चाहेको समाचार आउँदा समग्र बर्सिलोनाका फ्यानहरूमा निराशा सिर्जना भएको थियो तर हाल आएको रिपोर्टको अनुसार भने बर्सिलोनाका फ्यानहरू खुसी हुने भएका छन्।

इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार मेस्सी र बार्सा बिच नयाँ सम्झौता हुने निश्चित रहेको छ। जुन ३०मा मेस्सी र बार्सा बिचको सम्झौता अन्त्य हुने छ र उनी सो सम्झौता अन्त्य भए पछि फ्री एजेन्ट बन्ने छन् तर हाल खबर अनुसार उनी बार्सामै बस्ने कुरा पक्का भएको छ भने उनले चाडै २०२३ सम्मको नयाँ सम्झौतामा हस्ताक्षर गर्ने जानकारी छ।

रोमानोका अनुसार नयाँ सम्झौताको सबै तयार पुरा भएको छ र सम्झौताको केही खण्डहरूमा सुधार गर्नु पर्ने भएको कारण आधिकारिक घोषणा अहिले सम्म हुन सकेको छैन।

हाल मेस्सीले बार्सिलोनामा रहने निर्णय गरेका छन् र छिटै नयाँ सम्झौतामा हस्ताक्षर गर्ने छन्। बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोआन लापोर्टाले हाल उनको मुख्य प्राथमिकता मेस्सीलाई बर्सिलोनामा नै बस्न  मनाउनु भनेका थिए र संभवत उनले आफ्नो यो वाचा पूरा गरेका छन्।