मेस्सी र डी जोङलाई बार्सिलोनाको टोलीबाट डाइनामो किभ यात्राको लागि छाडियो; यस्तो छ कारण

बार्सिलोनाका स्टार लियोनल मेस्सीले च्याम्पियन्स लिग अन्तर्गत डाइनामो किभविरुद्धको खेल गुमाउने भएका छन् ।

बार्सिलोनाले युक्रेनी क्लबविरुद्ध खेल्ने टिममा मेस्सीलाई समावेश गरेको छैन ।

बार्सिलोनाले घोषणा गरेको २९ सदस्सीय टिममा मेस्सी छैनन् ।

मेस्सीसँगै फ्रान्क डी जोङ पनि टिममा परेका छैनन् ।

मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले उनीहरुलाई आराम दिइएको बताएका छन् ।

यस्तै डिफेन्डर जेरार्ड पिके समेत टिममा छैनन् । उनले एट्लेटिको मड्रिडसँगको खेलमा चोट बोकेका थिए ।

बार्सिलोनाले बुधबार किभसँग उसैको मैदानमा खेल्नेछ ।

समूह ‘जी’ मा रहेको बार्सिलोना ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।