“मेस्सी रियलमा आए उनलाई आफ्नो घरमा बस्न दिने छु”

सर्जियो रामोस भन्छन् कि उनी रियल म्याड्रिडमा बार्सिलोनाका स्टार लियोनेल मेस्सीलाई ‘१०० प्रतिशत’ स्वीकार गर्ने  छन् । दुई स्टार करिब दुई दशकदेखि क्लब र अन्तर्राष्ट्रिय फुटबलको प्रतिद्वन्द्वी रहेका छन्। मेस्सीले सिजनको अन्त्यमा बार्सा छोड्ने धेरै चर्चा छ भने उनको नयाँ गन्तव्य बारे पनि कुरा हुने गरेको छ।

रियलका स्टार डिफेन्डर सर्जियो रामोसलाई पनि एक अन्तर्वार्ता सो सम्बन्धित प्रश्न आएको थियो र मेस्सी रियलमा आए उनलाई आफूले स्वीकार वा स्वीकारे प्रश्नको उनले जवाफ दिए।

ट्विचमा इबाइसँग कुरा गर्दै, रामोसले भने: ‘के म म्याड्रिडमा मेस्सीलाई स्विकार्छु? १०० प्रतिशत म उनलाई स्वीकार छु। कुनै शङ्का बिना। म उनलाई मेरो घरमा बोलाउन आमन्त्रित पनि गर्छु !”

“उनी मेरो घरमा बस्न सक्छन् पहिलो केही हप्ता सम्म।  रामोसले मजाक गरे।

“धेरै समय देखि रियलले उनको विरुद्ध उनको खेलेका छौ, उनको विरुद्ध खेल्न नपर्ने भए पछि राम्रो हुने छ भने उनले पक्कै पनि रियललाई उपाधिहरू जित्न मद्दत गर्ने थिए।

यद्यपि, रामोस आफू मैड्रिडबाट बार्सिलोना कहिल्यै जान नसक्ने बताए , यस कुरालाई उनले ‘असम्भव’ भनेर वर्णन गरे।

उनले थपे: ‘म बार्सिलोनाको लागि कहिले पनि खेल्दिन, वर्षको ५०- ७० मिलियन दिए पनि म खेल्दिन । केही चीजहरू छन् जुन पैसाले किन्न मिल्दैन। यो असम्भव छ।’