बार्सिलोनाका लेजेण्ड रिभाल्डोले लियोनेल मेस्सीलाई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा जान आग्रह गरेका छन्।
Rivaldo encourages Lionel Messi to join Man City and make them truly unstoppable | #MCFC | https://t.co/hM4w4iNi81 pic.twitter.com/g3CEcY3FJ1
— Daily Star Sport (@DailyStar_Sport) February 27, 2021
अर्जेन्टाइन सुपरस्टारले सिजनको अन्त्यमा क्लब छोड्न सक्ने चर्चा हुँदै गर्दा उनको नयाँ गन्तव्य ’bout धेरै प्रश्न हुँदै गर्दा बार्सिलोनाका लेजेण्ड रिभाल्डोले उनलाई म्यान सिटी जान आग्रह गरेका छन्।
बेटफेयरसँग कुरा गर्दै पूर्व बार्सा स्टारले भने: “पेप गार्डियोलाको टिम हाल युरोपको सर्वश्रेष्ठ हो र म्यानचेस्टर सिटी हाल निकै राम्रो लयमा छ।
Rivaldo warns Manchester City will be ‘even stronger’ with Lionel Messi as Barcelona captain considers future #mcfc #pl #eplhttps://t.co/zps6HsXAtd
— topcrnr (@topcrnr) February 27, 2021
“सिटी एक धनी क्लब हो सो कारण उनीहरू विश्वका सर्वश्रेष्ठ खेलाडीहरू हस्ताक्षर गर्न सक्षम छन्।
“त्यस कारण, लियोनेल मेस्सीले बार्सिलोना छोडे भने उनको लागि सिटी ठोस गन्तव्य हुनेछ।
“हालको सिटीको राम्रो फम छ भने गार्डियोलाले पहिले पनि मेस्सीलाई कोच गरेका छन्। मेस्सीको आगमनले सिटी अझै राम्रो हुने छ।
“मेस्सीसँग सिटी कुनै पनि प्रतिस्पर्धा जित्ने दाबेदार बन्न सक्ने छन्।”