“मेस्सी मानसिक समस्यबाट गुज्रिरहेको छ”

एन्ड्रिया पिरलोले लियोनेल मेस्सीको मानसिक समस्यका कारण लयमा नरहेको जनाएका छन।

च्याम्पियनस लिगको खेल अगाडी युभेन्टसका प्रशिक्षकलाई बार्सिलोनाको खराब लयकोबारेमा सोधेको थियो। यस खेलले समूह जिको कुन टोलि शिर्ष स्थानमा हुने टुंगो लाग्ने छ।

क्याडिजसंग पराजित हुदा मेस्सी मैदानमा थिए। त्येस खेलमा हार पछि ९ औ स्थानमा रहेको छ भने शिर्ष स्थान भन्दा १२ अंक तल रहेको छ।

“मेस्सी आफ्नो जीवनको विशेष क्षणमा रहेको छ, आफ्नो क्यारियरको होइन,” पिरलोले पत्रकारलाई भने।

“सिजनको सुरुवातमा उसलाई केहि समस्याहरू थिए, यदि ऊ बार्शामा रहेन्छ वा रहदैन, तर खेलको दौरान उसले आफ्नो मूल्य देखाउँदछ”।

“फुटबलको भन्दा बढी, हुनसक्छ ऊ मानसिक समस्याबाट गुज्रिरहेको हुन सक्छ, तर म यसमा सामेल हुन चाहन्न। यो हामीसँग मत्लबको विषय होइन। मेस्सी एउता महान खेलाडी हो र उसले यो प्रमाणित गरिसक्यो।”