“मेस्सी म सँग अर्जेन्टिनामा फर्कन सक्छ”

एस्टुडियान्टेसका अनुभवी जाभियर मास्चरानोले बताए कि बार्सिलोना लिओनेल मेस्सीको अन्तिम क्लब नहुन सक्छ।

बार्साका पुर्व स्टार मास्चरानो गत वर्ष अर्जेन्टिनाका क्लब एस्टुडियान्टेसमा सामेल भए र अन्ततः मेस्सीले पनि पछि सोहि क्लबबाट खेल्न सक्ने उनले जोड दिए।

“फुटबलमा केहि पनि हुन सक्छ र सबै कुरा अर्जेन्टिनामा खेल्ने उनको चाहनामा निर्भर गर्दछ,” उनले बताए ।

“उनि यहाँ बस्न आउँदा पारिवारिक अवस्थाले पनि यो कुरामा प्रभाव पार्न सक्छ।

“यी कुरा व्यक्तिगत हुन्छ र तपाई यसमा संलग्न हुन खोज्न मिल्दैन। यदि भविष्यमा उनले आउने निर्णय गरे भने यो हाम्रो देशको फुटबल गुणस्तरको लागि ठूलो कुरा हुने छ।

“उनी संसारका सर्वश्रेष्ठ खेलाडी हुन्।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ