मेस्सी भिएआरको सिकार

एजेन्सी, लिओनेल मेस्सीको अलाभेजविरुद्धको गोल फेरि एकपटक भिएआरले खारेज गरेका छन। यो सिजन उन्को यो तेस्रो पटक हो।

एन्तोइन ग्रिज्म्यानको प्रहारलाइ फर्नान्डो पाचेकोले रोके पछि अर्जेन्टाइनले उक्त बललाई गोलमा परिणत गरेका थिए।

यद्यपि, भिएआरले ग्रिम्यान अफ साइडमा रहेको भन्दै उक्त गोललाई मान्यता दिएको थिएन।

जारी सिजन भिएआरले मेस्सीको गोल सबै भन्दा बदि खारेज गरेको छ। उन्ले गरेको ३ गोललाई खारेज गरि सकेको छ।

मेस्सीको एउटा गोल भिएआरले खारेज गरेता पनि मेस्सीले अर्को दुई गोल गर्दै टोलिलाई सहज ५-१ गोल अन्तरले जित दिलाउन सफल भएका हुन।