“मेस्सी भन्दा रोनाल्डोको क्यारियर उत्कृष्ट”- विराट कोहली

भारतीय क्रिकेट टीमका कप्तान फूटबल फ्यान पनि हुन्। क्रिकेट पछि फूटबलमा आफ्नो रुचि रहेको उनले बताउने गर्छन।

आफु रोनाल्डोको ठुलो फ्यान भएको कोहलीले फिफा संगको अन्तर्वार्ता बताएका छन्। फिफा संग कुरा गर्दा उनले भने “म रोनाल्डोको धेरै ठुलो फन हु”

मेरो लागि रोनाल्डो नै सबै भन्दा माथि छन्, खेलमा उनको प्रतिबद्धता निकै राम्रो छ र उनि सबै उपाधि जित्न चाहन्छन जुन तपाईले उनको सबै खेलमा देख्न सक्नु हुने छ”

“मेरो विचारमा रोनाल्डो धेरै उत्कृष्ट छन्, रोनाल्डोको क्यारियर निकै उत्कृष्ट छ, उनले धेरै चुनौतीको सामना गरेका छन् र सफल पनि भएका छन् उनि एक उत्कृष्ट खेलाडी र लीडर हुन्”

“उनको जस्तो योगदान अरु कुनै खेलाडीको हुने गरेको छैन जस्तो मलाई लाग्छ”