‘मेस्सी भन्दा म्यारोडोना नै उत्कृष्ट’- पेले

ब्राजिलियन महान खेलाडी पेलेको नजरमा लिओनेल मेसीभन्दा डिएगो म्यारोडोना उत्कृष्ट खेलाडी हुन् । पेलेको बुझाईमा मेसी बार्सिलोनाका उनका पूर्व सहकर्मी जाभी र आन्द्रेस इनियस्टाका कारण इतिहासका उत्कृष्ट खेलाडी बनेका हुन् । पेलेले म्यारोडोना उत्कृष्ट मध्येका एक भएको बताए । उनले बार्सिलोनाका मेसीसँग बायाँ खुट्टाको एउटा मात्र स्किल रहेको बताउँछन् ।

एउटा पत्रिकालाई दिएको अन्तवार्तामा पेलेले जाभी र इनियस्टा जस्ता खेलाडीको सहयोगमा मेसी नम्बर एक खेलाडी भनेका हुन् । उनले भने, ‘एउटा सम्पूर्ण खेलाडी र एउटा मात्र स्किलमा फरक पर्दछ । दायाँ बायाँ दुवै खुट्टा चलाउने, राम्रो हेड गर्ने खेलाडी र एउटा खुट्टा चलाउने हेड पनि राम्रो गर्न नसक्नेको तुलना हुन सक्दैन ।’

पेलेको नजरमा फेन्च बेकनबाउर र योहान क्राएफ पनि राम्रा खेलाडी हुन् । पलेले पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पे भन्दा ब्राजिलयन नेयमार उत्कृष्ट खेलाडी भएको बताएका छन् । यहि साता रियल म्याड्रिडका लुका मोड्रिचले ब्यालोन डी ओर अवार्ड जित्दा विश्व कप विजेता फ्रान्सका एमबाप्पले चौथो स्थानमा रहेका थिए ।

स्वास्थ्यका कारण ७८ वर्षे पलेले रसिया विश्व कप हेर्न पाएनन् । अझै पनि उनले आराम गर्नुपर्नेछ । उनले आफु अर्को विश्व कप जान चाहेको बताएका छन् । म्यारोडोनाले पनि वर्षको सुरुवातामा मेसीको आलोचन गरेका थिए ।

राष्ट्रिय टोलीलाई आवश्यकता पर्दा मेसीले उच्च प्रदर्शन गर्न नसक्ने भन्दै समर्थकबाट पनि आलोचन हुने गरेका छ । जबकी म्यारोडोनाले देशका लागि विश्व कप जितेका छन् ।