पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा जित निकालेको छ ।
सोमबार राति पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्यो । र अन्तिम ३२ को यात्रा तय गर्यो ।
प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अघि बढाएका थिए । नुनो मेन्डेसको कर्नरमा किम्पेम्बेले हेड गोल गरेका थिए ।
एम्बाप्पले तीनै गोल दोस्रो हाफमा गरे । उनले पहिलो गोलमा किम्पेम्बेको सहयोग लिए भने दोस्रो गोलमा जाभी सिमोन्सको पासलाई सदुपयोग गरे ।
जुनियर दिना एबिम्बेको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले ७६ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
उनले पीएसजीका लागि १ सय ५० गोल पुरा गरेका छन् । उनले १ सय ९६ खेलमा सो गोल गरेका हुन् ।
पीएसजीले पछिल्ला ७ फ्रेन्च कप जितेको छ । पीएसजी सन् २०१५ पछि सबै संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
खेल अघि लियोनल मेस्सी सहित चार खेलाडीलाई कोभिड–१९ पोजेटिभ देखिएको थियो । सोही कारण मेस्सी सहितका खेलाडीले फ्रेन्च कपको खेल गुमाएका थिए ।