“मेस्सी बिरुद्ध ८ गोल गर्दा दुखः लागेन, वास्तवमा रमाईलो लग्यो”

शुक्रवार रात बायर्न म्युनिखले लिओनेल मेस्सीका बार्सालाई पूर्ण रुपमा लजास्पद हुने गरेर हराए र यति मात्र नभएर बायर्नका खेलाडीले घाउमा नुन हाल्ने काम गरेका छन्।

बायर्न म्युनिखले खेलमा बार्सालाई निकै दबाबमा राखेको थियो र अन्तमा खेल बायर्नले ८-२ले जित्यो, खेल पछि बार्साका खेलाडीहरु दु: खी देखिन्थे तर बायर्नका खेलाडी लियोन गोरेत्स्काले भने मेस्सी बिरुद्ध ८ गोल गरे पनि आफुलाई नराम्रो नलागेको भनेर बताए।

खेल पछि रिपोर्टरले लियोन गोरेत्स्कालाई प्रस्न गर्दा उनले कठोर जवाफ दिँदै बार्साका खेलाडीहरुको घाउमा नुन हाल्ने काम गरेका छन्।

मेस्सी तपाईको बचाबेलाको आइडल भएको हुनुपर्छ, उहाँलाई यस्तो देखेर तपाईलाई दुख: लग्यो ? ” एक जर्मन रिपोर्टरले प्रस्न गरे।

उनले जवाफ दिए “होइन, मलाई दुखः लागेन,वास्तवमा धेरै रमाईलो लग्यो।”

शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो ।

मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाकाे आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो ।

२८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए ।

सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफकाे खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।

५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे।

त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो ।

जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

८५ औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए ।

बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए ।