मेस्सी बिनाको बार्सिलोनाको कठिन जित

बार्सिलोनाले खेलको १० अौं मिनेटमा अग्रता लिएको थियो । लुइस सुअारेजले जोर्डी अल्बाक पासमा गोल गर्दै अग्रता दिलाएका थिए ‌। पहिलो हाफको १० मिनेट समय बाँकी रहँदा घरेलु टोली भालेकानोले बराबरी गोल फर्कायो । जोसे पोजोको गोलसँगै पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफमा भालेकानोले अग्रता लियो । ५७ अौं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि बार्सिलोना स्तब्ध बनेको थियो । तर अन्तिम तीन मिनेट समयमा दुई गोल गरेपछि खेलमा बार्सिलोना फर्कियो । ८७ अौं मिनेटमा अोस्मान डेम्बेलेले बराबरी गोल गरेको केहि बेरमै लुइस सुअारेजले विजयी गोल गरे ।

यस नतिजासँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा ४ अंकले अगाडी छ ।