“मेस्सी बिनाको बार्सा, बार्सा होइन।”

बार्सिलोनाका लेजेण्ड एंड्रेस इनिएस्टाले क्लबका सुपरस्टार मेस्सी क्लब मै रहेको आफूले देख्न चाहेको बताएका छन्। हाल मेस्सीले बार्सा छोड्न सक्ने धेरै चर्चा छ भने मेस्सी र बार्सा बिचको सम्झौता अन्त्य हुने क्रममा रहेको छ त्यस पछि मेस्सी फ्री एजेन्ट हुने छन्।

हाल मेस्सीको भविष्य बारे धेरै कुरा हुँदै गर्दा पूर्व बार्सा मिडफिल्डरले पनि सो बारे बोलेका छन्। हाल भिसेल कोबेबाट खेल्दै गरेका इनिएस्टाले मेस्सीलाई बार्सा मै देख्ने आफ्नो चाहना रहेको बताए।

उनले भने, “यो मेरो चाहना हो र म विश्वास गर्दछु कि सबै बार्सा प्रशंसकहरूको पनि यही चाहना छ कि लियो रिटायर नभए सम्म बार्सिलोनामा रहने छन्।

“लियो बिनाको बार्सा, बार्सा होइन।”

हाल मेस्सीले क्लब छोड्ने धेरै चर्चा छ भने पिएसजी र म्यान सिटी जस्तो क्लब उनलाई साइन गर्न इच्छुक रहेको पनि खबर आउने गरेको छ।