ला लिगामा एट्लेटिको म्याड्रिडले शनिवार राती बार्सिलोना विरुद्ध खेल्ने छ र एट्लेटिकोका स्टार र पूर्व बार्सा खेलाडी लुइस स्वारेजले सो खेल ’bout बोलेका छन्। स्वारेज आफ्नो पूर्व क्लब विरुद्ध खेल्ने क्रममा रहेका छन् र खेल अघि उनले आफ्नो पूर्व टिम मेट मेस्सीलाई याद गरे।
Weird facing Barca without Messi – Suarezhttps://t.co/oA98tRus6e
— TheNewsGuru.com (@tngreports) October 2, 2021
खेल अगिको एक पत्रकार सम्मेलनमा बोल्दै एट्लेटिको स्टार स्ट्राइकर लुइस स्वारेजले लियोनल मेस्सीबिना बार्सिलोनाको सामना गर्नु अजिब हुने भनेर बताए।
उनले भने, “मेस्सी बिना बार्सिलोनाको सामना गर्न अनौठो हुने छ।
“यस समयमा, मेस्सी बिनाको बार्सा सँग खेल्न अजिब हुने छ। गत वर्ष बार्सा विरुद्ध खेल्दा क्याम्प नाउमा उनलाई फेरी भेट्नु अनौठो थियो, हामीले एक अर्का सँग कुरा गर्यौँ। अब फेरी बार्सा विरुद्ध खेल्दा उनलाई बार्सिलोनाको जर्सीमा नदेख्नु अनौठो र अजिब हुनेछ।
“तर केही चीजहरू हुन पर्ने कारणले नै हुन्छ र आज उनी पेरिस मा छन् म एट्लेटिकोमा छु, र एक वर्ष पहिले हामी बार्सिलोना मा सँगै थियौँ।