“मेस्सी बार्सिलोनामै बस्ने कुरा सम्भव छ “

मेस्सी बार्सिलोना छोड्ने आफ्नो निर्णयबाट पछि हट्ने विचार गर्दै गरेको खबर आएको छ।

मेस्सीका बुबा र एजेन्ट जोर्गे र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेयू बीचको दोस्रो दिनको भेटपछि मार्काले यो कुरा बताएको हो । मेस्सीलाई साइन गर्न क्लबहरुले बार्सालाई ७०० मिलियन युरो तिर्न पर्ने छ जुन धेरै क्लबहरुको लागि गार्हो कुरा हो।

मेस्सीका बुबालाई मेस्सी २०२१ सम्म बार्सामै रहने सक्ने सम्भावना बारे मुन्डो डिपोर्टिभोले प्रस्न गरे, जसमा उनले जवाफ दिए: “यो सम्भव छ।”

मेस्सीको विश्वास छ कि उनि नि: शुल्क क्लब छोड्न सक्ने छन् यदि उनले बार्सालाई अदालतमा चुनौती दिने हो भने तर उनि क्लबको साथ कानुनी विवादमा प्रवेश गर्न चाहँदैनन् किन भने उनलाई बार्सा प्रति धेरै माया छ।