“मेस्सी बार्सा मै रहे म खुसी हुने छु”

बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सीले क्लब छोड्ने धेरै चर्चा हुने गरेको छ। सिजनको अन्त्यमा उनको क्लब सँग सम्झौता अन्त्य हुने छ र बार्सामा उनको भविष्य अनिश्चित रहेको छ।

आउँदो एल क्लासिको उनको अन्तिम हुन सक्ने धेरै हल्ला हुँदा रियलका कोच जिदानले सो बारे बोलेका छन्। ला लिगामा मेस्सीको भविष्यको बारे प्रश्न गर्दा उनले मेस्सी बार्सामा रहे आफू खुसी हुने बताए।

“मेस्सीको भविष्यको लागि मेरो प्राथमिकता? उहाँ बार्सामा रहे राम्रो हुने छ, त्यहाँ उनी राम्रो गर्दै छन्। यो स्पेनिस लिगको लागि पनि राम्रो हो।

“हामीलाई थाहा छ उनी कस्तो खेलाडी हुन् भनेर र उनी परिवर्तन हुने छैनन्। हामी उनको विरुद्धमा होइन बार्साको विरुद्ध खेल्ने छौँ।

“बार्सा धेरै राम्रा छ र हामी उनीहरूको सामर्थ्यहरूलाई काउन्टर गर्न कोसिस गर्नेछौँ।”