फुटबल सुपरस्टार लिओनेल मेस्सी र फ्रेन्च क्लब पिएसजी बिचको सम्झौता यो वर्षको जुनमा अन्त्य हुने छ भने दुई बिच हाल सम्म सम्झौता विस्तार नभएको कारण उनले पिएसजी छोड्न सक्ने सम्भावना रहेको बेला उनी आफ्नो पूर्व क्लब बार्सिलोनामा फर्किन सक्ने धेरै चर्चा हुँदै गरेको छ।
More from Jorge Messi after “I don’t think Leo will return to Barça” 🚨⤵️🇦🇷 #FCB
“Impossible? No idea, I don’t know if it’s gonna be impossible. We didn’t even speak with Laporta, stop. Leo’s under contract with PSG”.
➕ Meeting between Messi’s camp & PSG took place yesterday. pic.twitter.com/prV06MVcCa
— Fabrizio Romano (@FabrizioRomano) February 16, 2023
२०२१मा मेस्सी फ्री एजेन्टको रूपमा बार्साबाट पिएसजी आएका थिए भने हाल उनको सम्झौता अन्त्य हुने क्रममा रहेको बेला उनी बार्सा फर्किन सक्ने चर्चा हुँदै गर्दा मेस्सीका बुबा जर्ज मेस्सी, जो मेस्सीको एजेन्टको रूपमा पनि रहेको छन् – उनले सो वारे बोलेका छन्।
मलाई लाग्दैन कि लियो बार्सिलोनामा फर्किनेछन्।”- मेस्सीका बुबा जर्ज मेस्सीले उक्त चर्चाहरू वारे बोल्दै भने।
“के यो असम्भव छ ? यसको वारे म सँग कुनै विचार छैन, मलाई थाहा छैन कि यो असम्भव हुनेछ वा छैन।
First meeting in person took place today between Leo Messi’s representatives and PSG board, as expected. His father Jorge, taking care of negotiations. 🔴🔵🇦🇷 #PSG
Length of contract, salary, more details are still to be agreed — more meetings will take place in the next weeks. pic.twitter.com/w6rwDbB3bO
— Fabrizio Romano (@FabrizioRomano) February 15, 2023
हामीले बार्सिलोना अध्यक्षका लापोर्टासँग पनि कुनै कुरा गरेका छैनौ र यो चर्चालाई रोक्नु पर्छ किन भने लियो अझै पनि पीएसजीसँग सम्झौतामा छन्।
फुटबल सुपरस्टार लिओनेल मेस्सी र फ्रेन्च क्लब पिएसजी बिचको सम्झौता यो वर्षको जुनमा अन्त्य हुने छ भने मेस्सीका बुबा र पिएसजी बिच नयाँ सम्झौता वारे नियमित वार्ता हुँदै गरे पनि हाल सम्म दुई बिच नयाँ सम्झौता हुन सकेको छैन।
२०२१मा पिएसजी आएका मेस्सीले हाल सम्म फ्रेन्च क्लबको लागि ६० खेल खेल्दै २६ गोल र २९ असिस्ट गरेका छन् भने पिएसजी सँग उनको सम्झौता विस्तार नभए उनको नयाँ क्लब कुन हुने भनेर हाल धेरै चर्चा हुँदै गरेको छ।