“मेस्सी बार्सामा फर्किने निश्चित “

हाल एमएलएस कलन इन्टर मायामीबाट खेल्दै गरेका फुटबल सुपरस्टार लियोनेल मेस्सी आफ्नो पूर्व क्लब बार्सिलोना फर्किने कुरा निश्चित रहेको सर्जियो अग्वेरोको विश्वास रहेको छ।

विश्वकप विजेताले आफू इन्टर मियामीमै खुसी रहेको बताएका छन्, तर अर्जेन्टिनाका पूर्व टिम मेट सर्जियो अग्वेरोले भने मेस्सी बार्सिलोनामा फर्किने कुरा निश्चित रहेको भनेर दाबी गरेका छन्। एमएलएसको अफ सिजन सुरु हुने भएको कारण मेस्सी लोनमा युरोप फर्कन सक्ने चर्चाहरू पहिले देखि रहेको बेला मेस्सीको नजिकको साथी अग्वेरोले मेस्सी बार्सामा फर्किने भनेर बताएका छन्।

“लियोले सधैँ भन्थे कि उनले बार्सिलोनालाई माया गर्छन्, उनी अझै पनि क्लब र सहरमा धेरै चिनिन्छन्,” अग्वेरोले स्पेनिस आउटलेट एएसलाई भने।

आफ्नो दाबीको बाबजुद, अग्वेरोले स्पष्ट पारे कि ती दुई बिच बार्सामा फर्किने सम्भावनाको वारेमा विशेष रूपमा बातचीत भएको छैन, र सो विषय वारे उनले मेस्सी सँग छलफल नभएको पनि बताए।

मेस्सीले बार्सिलोनामा २१ वर्ष बिताए, ला लिगामा ५२० पटक खेल्दै २००४ देखि २०२१ सम्ममा उनले ४७४ गोल गरेका थिए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ