मेस्सी प्रिमियर लिग क्लबमा खेल्न सक्ने

पिएसजीका सुपरस्टार मेस्सीलाई साइन गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इच्छुक रहेको जानकारी छ।

मेस्सी र पिएसजी बिचको सम्झौता २०२३ सम्म मात्र रहेको छ भने हाल सम्म दुई बिच सम्झौता विस्तार नभएको बेला उनलाई फ्री एजेन्टमा साइन गर्ने प्रिमियर लिग क्लब म्यान सिटीको योजना रहेको चर्चा छ भने कोच पेप गार्डियोला उनलाई क्लबमा भित्राउन धेरै इच्छुक रहेको जानकारी छ।

पिएसजी पनि मेस्सीलाइ क्लबमा राख्न धेरै इच्छुक रहेको जानकारी छ भने मेस्सी सँग सम्झौता विस्तार गर्दै उनलाई क्लबमा राख्ने पिएसजीको प्रयास हुने रिपोर्ट छ तर मेस्सीले आफ्नो भविष्य वारे हाल सम्म निर्णय लिएका छैनन् र उनको अवस्थामा सिटीको निगरानी रहेको जानकारी छ।

पूर्व बार्सा कोच पेप गार्डियोला फेरी पनि मेस्सी सँग काम गर्न धेरै इच्छुक रहेका छन् जसको कारण मेस्सीलाई सिटीमा भित्राउन उनी उत्साहित रहेका छन्। मेस्सी र गार्डियोला बिच धेरै राम्रो सम्बन्ध रहेको छ भने मेस्सी पनि गार्डियोलाको टिममा फेरी खेल्न तयार हुन सक्ने छन्।

मेस्सीले फ्रान्समा आफ्नो पहिलो सिजनमा केही सङ्घर्ष गरे पनि यो सिजन भने उनको फम निकै उत्कृष्ट रहेको छ। यो सिजन उनले पिएसजीको लागि १९ खेलमा १२ गोल र १४ असिस्ट गरेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ