मेस्सी पछि जेससलाई पनि प्रतिबन्ध

म्यानचेस्टर सिटी तथा ब्राजिलियन फुटबलर स्टार गाब्रियल जेससलाई अन्तर्राष्ट्रिय फुटबलबाट २ महिनाको प्रतिबन्ध लगाइएको छ। गत महिना कोपा अमेरिकाको फाइनलअन्तर्गत पेरुविरुद्धको खेलमा फरवार्ड जेससले रातो कार्ड पाएका थिए।

ब्राजिलले ३-१ गोलले खेल जितेर उपाधि कब्जा गरेको उक्त खेलमा जेससले रेफ्री रोबार्टो तोबरसँग विवाद गरेका थिए।इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड जेससले कार्ड पाएर मैदान छाडेपछि पानीको बोतललाई किक हानेका थिए भने भिएआरको मोनिटरलाई धकेलेका थिए।

दक्षिण अमेरिकी फुटबल संघले उनलाई ३० हजार डलर जारिबाना गरेको छ भने अपीलका लागि ७ दिनको समय दिएको छ।प्रतिबन्धसँगै उनले आगामी सप्टेम्बरमा कोलम्बिया र पेरुविरुद्धको मैत्रीपूर्ण खेल गुमाउनेछन्।

यस अधि संघले मेस्सीलाई पनि ३ महिना प्रतिबन्ध लगाएको थियो। उनले दक्षिण अमेरिकी फुटबल संघलाई भस्तचारी आरोप लगाएको थियो।