मेस्सी नखेलेको भए खेल फरक हुन सक्थ्यो- ओस्कर गार्शिया

बार्सिलोनाबिरुद्ध ४-१ गोल अन्तरले पराजित भए पछि सेल्टा भिगोका मुख्य प्रशिक्षक ओस्कर गार्सियाले मेस्सी बार्सिलोनामा नभएको भए खेल जित्न सहज हुने प्रतिकृया दिए।

ओस्कर गार्शियाले खेल पछि भने ” मेस्सीलाई तपाईंले कहिले नियन्त्रणमा राख्न सक्नुहुन्न। उस्ले खेल एकै क्षणमा परिवर्तन गर्न सक्छ। यदि आज मेस्सी नखेलेको भए खेल फरक हुन सक्थ्यो।

“मेस्सीको पहिलो हाफको गोलले मलाई एकदम चोट पुरायो। हामीले धेरै बलमा नियन्त्रण लिन सकेनौ तर पनि म आफ्नो टिमको प्रदशनबाट खुशी छु।”

“हामीले राम्रो खेल्दै थियौ तर मेस्सीको त्यो फ्री किकले सबै खेल पल्टाइदियो। मैले अहिलेसम्म देखेको सबै भन्दा राम्रो खेलाडी हो र खेल एकै क्षणमा उल्टाउन सक्छ।

“बार्सिलोनामा मैले खेलाडिको रुपमा डेब्यू गरे। म ९ बर्षको हुँदा प्रशिक्षण गरथिए मेरो लागि एकदम विशेष ठाउँ हो यो। तर बिपक्षको रुपमा यहाँ आउँदा पनि म यो क्षण कहिले बिर्सन सक्दिन।”