मेस्सी दुई बर्षका लागि पिएसजीमा

एजेन्सी, पिएसजीले स्टार खेलाडी लिओनेल मेस्सीलाई अनुबन्ध गरेको छ । फ्रान्सेली क्लबले मेस्सीलाई दुई बर्षको लागि अनुबन्धित गरेको हो ।

पिएसजीले च्याम्पियन्स लिग उपाधी जित्न दाउसंगै मेस्सीलाई भित्र्याएका हुन । बार्सिलोनाको आर्थिक स्थिती कम्जोरको फाइदा उठाउन सफल भएको हो ।

फ्रेन्सेली क्लबले सर्जियो रामोस, डोनरुम्मा, हाकिमी, वाइनाल्डम लगायतका खेलाडिहरु भित्राइ सकेका छ्न । यस्तै, मेस्सीको आगमनसंगै क्लब झनै मज्बुद भएको छ ।

मेस्सी आफ्नो पुर्व बार्सिलोनाका सहकर्मी नेय्मारसंग पुर्ण एक साथ खेल्ने भएको छ । त्यस्तौ, किलियम एम्बाप्पे, नेय्मार र मेस्सीको जोडिले युरोपकै उत्कृष्ट अग्रपंक्ति देखिएको छ ।