मेस्सी टिममा हुँदा सबै कुरा सम्भब छ

शनिबार राति भएको खेलमा अर्जेन्टिनियन फरवार्ड मेस्सीले ह्याट्रिक गरे पछि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले उन्को प्रशंसा गरेको छ।

बार्सिलोनाका कप्तानले दुई उत्कृष्ट फ्रि किक गोलसंगै एउटा पेनाल्टीलाई गोलमा पारीणत गरेका थिए।
“लियो टिममा हुँदा सबै कुरा सम्भब छ,” भल्भर्डेले आफ्नो फरर्वाडबारे भने।

“उस्ले अहिले राम्रो फ्री किक गर्ने गरेको छ।

“यस कारणले, विपक्षीहरूले हामीलाई डि बक्समा फोउल गर्न अली दरौछन किन भने हामीले त्येस्को भरपुर फाईदा लिना सक्छौ।

बार्सिलोना अघिलो हप्ता लेभेन्टेसँगको हार बिर्साउदै ला लिगामा शीर्ष स्थानमा उक्लन सफल भएको छ।

“हाम्रो जस्तो टिमले हारे पछि जित्न राम्रो लाग्छ,” भल्भर्डेले भने।

“हामीले अघिलो हप्ता एउटा नमिठो हार बेहोरौ र यो जितको आवश्यकता थियो।

“पहिलो हाफ हाम्रो लागि वास्तवमै गाह्रो रहयो, उनीहरूको आक्रमणको अगाडि हामी निरिह रहयौ र खेलमा राम्रो लय बनाउन सकेनौ।”