“मेस्सी जस्तै प्रशिक्षण गरे पनि चेल्सीले सालाहलाई बेचेको थियो”

मोहम्मद सालाह चेल्सीमा हुँदा ‘उनी लियोनेल मेस्सीले जस्तै’ प्रशिक्षण गरे पनि जोसे मोरिन्होको मन उनले जित्न नसकेको पूर्व चेल्सी स्टार फिलिपे लुइसले दाबी गरेका छन्। २०१४ देखि २०१६ सम्म मोहम्मद सालाह चेल्सीमा थिए तर चेल्सीमा उनले धेरै खेल समय पाएनन् र उनी रोमामा गएका थिए र उनलाई २०१७मा लिभरपुलले साइन गरे पछि हाल उनी विश्व फुटबलकै एक उत्कृष्ट खेलाडीको रुपमा अगाडी आएका छन्।

चेल्सीमा हुँदा पनि उनी सँग प्रतिभा रहेको तर उनले खेल समय नपाएको सालाहका पूर्व टिम मेट फिलिपे लुइसले बताए भने चेल्सीमा उनले मेस्सी जस्तै प्रशिक्षण गरेको उनले दाबी गरे। – फिलिपे लुइसले गार्दियन सँग कुरा गर्दै बताए। ।

“हाम्रो मोरिन्हो सँग विवाद भएको जस्तो लाग्न सक्छ तर म उनको प्रशंसा गर्छु। मैले उनीसँग लिग जितेँ। तर उनले मबाट उत्कृष्ट प्रदर्शन निकाल्न सकेनन, जसरी उनले सालाहसँग सकेनन्।

“जब उनी फियोरेन्टिनामा लोनमा गए, मैले उनलाई सोधे: ‘तिमी किन जाँदै छौ मो? यो चेल्सी हो।’ र उनले भने : ‘मलाई खेल समयको आवश्यक छ।’ मैले सोचे: ‘यो केटो राम्रो छ।’

“उनी कहिल्यै पैसाको लागि वा धेरै जित्न अन्य क्लब गएनन्; उनी खेल्न सक्छु भनेर देखाउन गए। प्रशिक्षणमा उनी मेस्सी जस्तै थिए। वास्तवमा, मेस्सी जस्तै। कसैलाई सोध्नुहोस्।

सालाह जनवरी २०१५ मा लोनमा फियोरेन्टिनामा सामेल भए र त्यो पछि उनी रोमामा लोनमा गए भने त्यो वर्ष पछि उनी सिरी ए क्लबमा स्थायी रूपमा गए। उनी २०१७ मा प्रिमियर लिग फुटबलमा फर्किए र £३७ मिलियनको सम्झौतामा लिभरपुलले उनलाई साइन गरेको थियो।