‘मेस्सी क्लबमा रहनु बार्साको मुख्य प्राथमिकता’

बार्सिलोनाका अध्यक्ष पदका उम्मेद्वार भिक्टर फन्टले बार्सामा मेसीको नयाँ सम्झौता क्लबको मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन् ।

मेस्सीको वर्तमान सम्झौता जूनमा समाप्त हुनेछ ।

“यो बार्सा-मेस्सी सम्बन्ध जारी रहनु आवश्यक छ” फन्टले भने। “म भएको भए सुआरेज एटलेटिकोलाई बेच्ने थिएन, म उनि संग कुराकानी गर्थे।”

उनले थपे: “बार्टोमेउले निर्वाचन पहिल्यै गर्नु पर्ने थियो किनभने क्लबको अवस्था नाजुक छ। अविश्वासको मतको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चुनावलाई अगाडि बढाउनु होइन तर यस बोर्डलाई निर्णय लिनबाट रोक्नु हो।”