“मेस्सी एक विश्वासघाती मान्छे हुन्”- इवान राकिटिक

इवान राकिटिक बार्सिलोना छोड्ने हल्लाहरु चल्दै छ र च्याम्पियन्स लिग बाट बहिरिंदा उनको निकै आलोचना भएको थियो जसको कारण पनि क्लबले उनलाई बेच्न लागेको कुरा आएको छ तर Dario GOLको अनुसार उनि मेस्सीको कारणले क्लब छोड्न बाध्य भएको हुन् ।


खबर अनुसार इवान राकिटिकले आफ्नो राष्ट्रिय टोलिको टिममेत मोडरिकलाइ, आफ्नो क्लबको निर्णय कार्यमा मेस्सीको हस्तक्षेपले उनलाई निरस बनाउदै आएको कुरा बताएको थिए। खबर छ कि क्लबले कसलाई साइन गर्ने कोलाई बेच्ने र कोलाई खेलाउने कोलाई बेञ्चमा राख्ने निर्णयहरु मा मेस्सीको ठुलो भूमिका हुने गरेको छ। रिपोर्टको अनुसार इवान राकिटिक विश्वास गर्छन कि मेस्सीले बार्सिलोनालाइ दे जोंग साइन गरेर उनलाई आफ्नो स्थान दिन सुझाव गरेका थिए।  खबर येस्तो सम्म छ कि इवान राकिटिकले मेस्सीलाइ एक विश्वासघाती मान्छे हुन् भनेर भनेका छन्।