म्यानचेस्टर सिटीका प्रमुख ओमर बेरडा स्वीकार्छन् कि लिओनेल मेस्सी बार्सिलोनाबाट उपलब्ध भएमा सिटी उनलाई साइन गर्न तयार अवस्थामा हुने छन् ।
Omar Berrada on Messi joining in the future: “We will see if it ever becomes a possibility. If he leaves Barcelona and should Messi become something that can be discussed, then we could potentially explore that option.”
[@David_Ornstein/@TheAthleticUK] pic.twitter.com/3hTWiHPkfA
— WeAreManCity (@WeAreMCFC) October 9, 2020
मेस्सीको वर्तमान सम्झौता यस सिजनको अन्त्यमा समाप्त हुने छ।
ओमर बेरडाले म्यानचेस्टर इभनिंग न्यूजलाई भने: “उहाँ एक उत्कृष्ट प्रतिभा हुनुहुन्छ, उहाँ एक खेलाडी हुन् जसले विश्वको कुनै पनि क्लबमा मैदान भित्र र बाहिर तुरुन्तै महत्वपूर्ण प्रभाव पार्न सक्दछन।
🚨 Man City transfer window insight – from an executive directly involved
📝 Omar Berrada interviewhttps://t.co/GA4SeJ4j4U
🔵 City open to signing Messi
🔵 No talks with Napoli on Koulibaly
🔵 Dias “by far” #MCFC No.1 target
🔵 Maguire valuation too high
➕ More @TheAthleticUK pic.twitter.com/zch9VkOf4G— David Ornstein (@David_Ornstein) October 9, 2020
“उनी विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्, उनी आफ्नो पुस्ताका सर्वश्रेष्ठ खेलाडी हुन्। मलाई लाग्छ विश्वको कुनै पनि क्लब उनलाई आफ्नो टोलीमा सम्मिलित हुने सम्भावना खोज्न चाहन्छन। उहाँ सिटीको लागि खेल्न आउन चाहन्थे भन्ने कुराले देखाउँदछ कि सिटी कस्तो टिम हो- जहाँ सबै भन्दा उत्कृष्ट प्रतिभा खेल्न चाहन्छन।
“के हुन सक्दछ भनेर अनुमान गर्न गाह्रो छ। अर्को ग्रीष्ममा के हुन्छ भनेर अनुमान लगाउन असम्भव छ।
“मेस्सी एक उत्कृष्ट प्रतिभा हुन्, उनी विश्वको सर्वश्रेष्ठ खेलाडी हुन् र उनलाई साइन गर्न सम्भावित लगानी गर्न सिटी सक्षम छ तर हाल हाम्रो योजना यस वर्तमान टोलीसँग गरिएको छ र हामी यो वर्तमान अवसरहरूसँग विचार गरिरहेका छौ”