“मेस्सी इतिहासको एक महान खेलाडी हुन् र म मा उनीप्रति ठूलो सम्मान छ”- सर्जियो रामोस

सर्जियो रामोसले जोर दिए कि रियल म्याड्रिड र बार्सिलोना कडा प्रतिद्वन्द्वी भए पनि उनिमा लिओनेल मेस्सीप्रति ठूलो सम्मान छ

रामोस अर्जेन्टिनाका स्टारबिरुद्ध आइतवार राती एल क्लासिकोमा भिड्ने छन्, जिदानेको पक्षले एल क्लास्कोमा आफ्नो घरेलु मैदानमा खेल्ने छ।

६ पटक पटकका बलोन डी ओरका विजेता मेस्सीले अर्को प्रभावशाली अभियानको मजा लिइरहेका छन्, उनले यो सिजन सबै प्रतियोगितामा २३ गोल र १६ सहयोग दर्ता गरेका छन्, उनले इबार बिरुद्द चार गोल गरेका थिए।

रमोस आशा गर्छन कि बार्सिलोनाका कप्तान सान्टियागो बर्नबेउ स्टेडियममा हार्ने पक्षमा हुने छन्, तर पनि लस ब्लान्कोस डिफेन्डर उनलाई फुटबलको एक उत्कृष्ट खेलाडी मान्दछन।

“म मा उनीप्रति ठूलो सम्मान छ,” ३३ वर्षीय ले ला लिगालाई भने

“मलाई लाग्छ कि उनी इतिहासको एक महान खेलाडी हुन् र म मा उनीप्रति ठूलो सम्मान छ।

“म आशा गर्छु कि आइतवार उनको दिन हुने छैन, यसको मतलब हामीले हाम्रो आफ्नो काम राम्रो संग गरेको हुने छ, र राम्रो नतीजा प्राप्त गरे सके झन् राम्रो हुने छ।

“म उनलाई राम्रो भाग्यको शुभकामना दिन्छु, पेशेवरको रूपमा जब सम्म यसले हामीलाई नकारात्मक असर गर्दैन!

“यो गाह्रो छ, तर उनिसँग मेरो अधिकतम आदर छ, मलाई लाग्छ कि उहाँ एक उत्कृष्ट खेलाडी हुन्।”