मेस्सी अर्जेन्टिनाबाट अर्को महिनामा हुने खेलहरु पनि नखेल्ने

लियोनेल मेस्सी अझै अर्जेन्टिनी फुटबल टोलीमा नफर्कने भएका छन् । अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कोलानीले मेस्सीले अर्को महिना खेलिने मैत्रीपूर्ण खेलमा भाग नलिने बताएका छन् । यो निर्णयसँगै मेस्सीको राष्ट्रिय टोलीको भविष्यमा थप शंका उब्जेको छ ।

यहि महिनाको सुरुवातमा ग्वाटेमाला र कोलम्बियाबीच भएको मैत्रीपूर्ण खेलमा ३१ वर्षे मेस्सी टोलीमा थिएनन् । त्यस्तै अक्टुबरको सुरुवातमा हुने मैत्रीपूर्ण खेलमा पनि उनको सहभागिता रहने छैन । स्कोलानीले मेस्सी यहि समय टोलीमा फर्किए उपयुक्त हुने बताएका छन् ।

‘मैले उनीसँग कुरा गरे । उनी आउने छैनन् । त्यसैले उनी टोलीमा छैननु,’ उनले भने, ‘उनले आउने दिनमा राष्ट्रिय टोलीको जर्सी लगाएर आफ्नो क्षमता प्रदर्शन गर्नेछन् , त्यो हाम्रो लागि महत्वपूर्ण पक्ष हो ।’

रसिया विश्व कपमा अर्जेन्टिनाले कमजोर प्रदर्शन गरेयता मेस्सीले राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।