“मेस्सी अरु खेलाडी भन्दा एक कदम अगाडि छ”

एजेन्सी, अर्जेन्टिनी मिडफिल्डर रोड्रीगो डि पलले सहकर्मी लिओनेल मेस्सीको प्रशंसा गरेको छ। जारी प्रतियोगितालाई लिएर उनले मेस्सीको प्रदशनको प्रशंसा गरेको हो।

लिओनेल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले इक्वेडरलाई आइतबार ३-० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाएको थियो।

जस्मा लिओनेल मेस्सी तिनै गोलमा सहभागी थिए। उनले दुई अस्सिट र एक गोल गरे।

डि पलले भने “मेस्सी हामी भन्दा एक कदम अगाडि छ। इक्वेडरबिरुद्ध पहिलो गोलमा म खाली ठाँउमा थिए र उनले मलाइ भेटाए र मैले गोल गर्न सफल भए र हाम्रो जितमा मुख्य भुमिका निर्वा गर्यो।”

युडिनेसे मिडफिल्डर सेमिफाइनल खेलका लागि उत्साहित रहेको बताए। उनले अर्जेन्टिना सेमिफाइनल खेलका लागि सकारात्मक र कोपा अमेरिका जित्न मैदानमा उत्रिने पनि बनाएका छन।

उनले भने ” हामीलाई थाहा छ कोलोम्बियाबिरुद्धको खेल गाह्रो हुनेछ। तर, हामी सामना गर्न उत्साहित पनि छौ। यो यस्तो प्रतियोगिता हो जहाँ हामीले उत्कृष्ट टिमविरुद्ध खेल्नु पर्ने हुन्छ र हामी अन्तिम समयसम्म फाइनल पुग्नलाई लड्ने छौं “।

अर्जेन्टिना पछिल्ला तीन संस्करण मध्ये दुइमा फाइनल पुग्न सफल भएका थिए। मेस्सी अर्जेन्टिनाका लागि लामो समय पछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने दाउमा हुनेछ।