‘मेस्सीसँग खेल्न पाउँदा खुसी छु’ – डे जोङ

नेदरल्याण्डका युवा फुटबलर फ्रेनकी डे जोङ स्पेनिस क्लब बार्सिलोना भित्रिएका छन् । २१ वर्षीय युवा फुटबल डे जोङलार्ई बार्सिलोनाले ६७ मिलियन युरोमा भित्राएको हो ।

बार्सिलोनासँगै फ्रेन्च क्लब पीएसजी, इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि डे जोङलाई भित्राउन लागि परेको थियो । बर्सिलोना भित्रिँदै बार्सिलोनाको खेल्ने शैली आफूलाई मन परेको डे जोङ बताएका छन् । बार्सिलोनाको र अज्याक्सको दर्शनिकता धेरै मिल्ने पनि उनले बताए ।

उनले बार्सिलोनामा आफूले मजा लिन सक्ने लियोनेल मेस्सीसँग खेल्न पाउँदा खुसी भएको पनि उनले बताए । उनले भने, ‘म मेस्सीसँग खेल्न सक्ने छु, जसलाई मैले सधैँ पछ्याएको छु। अब मेरो आइडल मेरो टोली-साथी हुनेछ।’
उनले बार्सिलोना सधै उत्कृष्ट भएको र बार्सिलोनाका उत्कृष्ट खेलाडीमध्ये एक हुन चाहेको समेत बताए ।

युवा उमेर नेदरल्याण्डकै विलियम टिलवर्ग क्लबमा बिताएका डे जोङ २०१५ देखि नेदरल्याण्डमै अजाक्स क्लबमा आबद्ध थिए । नेदरल्याण्डबाट उमेर समूहमा यु १५ देखि यु २१ सम्म अनुभव बनाएका डे जोङ मिडफिल्डमा उत्कृष्ट खेलाडी हुन् ।

उनका लागि बार्सिलोनाले ७५ मिलियन युरो तिर्न लागेको फुबटल जगतमा खबरहरू आइरहेका छन् ।