मेस्सीविरुद्ध गोलको खडेरी तोड्ने रोनाल्डोको दाउ

च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले मंगलबार बार्सिलोनाको सामना क्याम्प नोउमा गर्दै छन। क्रिस्टियानो रोनाल्डो मेस्सीबिरुद्ध पहिलो पटक च्याम्पियन्स गोलको खोजीमा हुनेछ।

पोर्तुगाली स्टारले क्यारियरको ७५० गोल गरेका छन् र युरोपको शिर्ष प्रतिस्पर्धाको इतिहासमा सबभन्दा उत्कृष्ट फरवार्डमा गनिन्छ।

रोनाल्डो, यधपि च्याम्पियन्स लिग खेलमा लियो मेस्सीको विरूद्ध गोल गर्न असफल रहदै आएका छन। अर्जेन्टिनीले भने ५ खेलमा ३ गोल गरेका छन रोनाल्डोबिरुद्ध।

यी दुई खेलाडि भोलि राति नोउ क्याम्पमा भिड्दै छन। रोनाल्डोले रियल म्याड्रिड छोडे पछि यी दुई पहिलो पटक एक अर्काबिरुद्ध खेल्दै छन च्याम्पियनस लिगमा।

यि ३५ बर्षे फरवार्डले अक्टुबरमा ट्युरिनमा भएको पहिलो खेल कोरोना संक्रमणका कारण गुमाउन पुगे।

युभेन्टस आज बिहान बार्सिलोनाका लागि प्रस्थान गर्नु अघि कन्टिनेसामा प्रशिक्षण गर्नेछ।

रोनाल्डो र मेस्सीले एक अर्का विरुद्ध ३३ खेल खेलेका छन जस्मा अर्जेन्टिनीले २१ गोल ​​गर्दै १५ वटा खेल जितेको छ। त्येस्तै, रोनाल्डोले १८ गोल गर्दै बार्सिलोना स्टारकोबिरूद्ध सबै प्रतियोगितामा ९ खेलहरू जितेका छन्।