आर्सनलका स्टार प्लेमेकर मेसुट ओजिलले आफ्नो पुर्व टिम मेट रोनाल्डोको प्रशंसा गरेका छन्। उनले मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट रहेको कुराको सङ्केत दिए।
Messi has proven himself to be one of the best ever in Spain, but Ronaldo was always the best in every country he’s played in! 😉 https://t.co/OfsWqNLedM
— Mesut Özil (@MesutOzil1088) January 11, 2021
सोमबार ओजिलले ट्विटरमा केहि प्रस्नको उत्तर दिने बताए र फ्यानहरुलाई प्रस्न गर्न लगाए। उनको लागि धेरै प्रस्न आएको थियो तर सबैभन्दा बढी चर्चा मेस्सी र रोनाल्डोको बारेमा रहेको थियो।
एक फ्यानले उनलाई मेस्सी कि रोनाल्डो भनेर प्रस्न गर्दा उनले जवाफमा लेखे “मेस्सीले आफूलाई स्पेनमा सबैभन्दा उत्कृष्ट भनेर प्रमाणित गरेका छन्, तर रोनाल्डो आफूले खेलेको प्रत्येक देशमा सर्वश्रेष्ठ रहेका छन्!
उनले सो प्रस्नको जवाफमा आफु रोनाल्डोको समर्थनमा रहेको देखाए तर उनले मेस्सीले स्पेनमा आफुलाई प्रमाणित गरेको पनि बताए।
मेसुट र रोनाल्डोको सम्बन्ध निकै राम्रो रहेको छ रियलमा दुई बीच उत्कृष्ट साझेदारी थियो।