“मेस्सीले सन्यास लिने दिन धेरै टाढा छैन”

बार्सिलोनाका पूर्व मिडफिल्डर इमानुएल पेटिटको अनुसार म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले मेस्सीलाई अनुबन्ध गर्ने बारे बिर्सिदै, मेस्सीको रोनल्डो जस्तो क्षमता नरहेको बताए।

उनले भने: “साच्चैनै भन्नु पर्दा मेस्सी इङ्ल्यान्डको तिब्र गतीमा खेल्न सक्दैन।

“उस्लाई लडाएको मनपर्दैन।

“स्पेनमा, उ सुरक्षित छ।

“उहाँलाई हेर्न इङ्लिश समर्थकहरुले रुचाउनु हुन्छ, तर किन म्यान्चेस्टर सिटी जस्तो क्लबले ३२ बर्षको लागि अनुबन्ध गर्न चाहेको छ मलाई थाहा भएन”।

“यदि सिटीले मेस्सीलाई भित्राउन चाहेको भए २ बर्ष अगाडि प्रसताव राख्नु पर्ने थियो।

“मेस्सी क्रिस्टियानो रोनाल्डो होइन। शारीरिक रूपमा, उहाँ उही मेशीन हुनुहुन्न।

“रोनाल्डो ३२ बर्षमा पनि राम्रो खेल्नु हुन्थ्यो, मेस्सीले केवल एक वा दुई वर्ष उच्च स्तरमा खेल्ने छन।

“बार्सामा अन्य अरु राम्रो खेलाडीसँग खेल्दा पनि मेस्सीको पुरानो गति हुँदैन।

“मेस्सीले सन्यास लिने दिन धेरै टाढा छैन।”