मेस्सीले लिए येस्तो निर्णय

रसिया विश्वकप पछि राष्टिय टोली बाहिर रहदै आएका अर्जेन्टिनी लियोनल मेस्सीले पुन राष्टिय टोलीमा फर्किने निर्णय लिएका छन् । रसिया विश्व कपमा फ्रान्स सँग पराजित हुदै प्रतियोगीता बाट अर्जेन्टिना बाहिरीए पछि निराश बनेका मेस्सी राष्टिय टोलीमा पुन फर्कने या नफर्कने बन्ने अन्योलमा थिए । तर विभिन्न अड्कालवाजी र अन्योल बिच अर्जेन्टिनाका लिओनल मेस्सी राष्ट्रिय टोलीमा फर्किने भएका छन् ।

स्पेनिस पत्रिका ‘मार्सा’मा प्रकाशित रिपार्टअनुसार अर्जेन्टिनी टोलीका कप्तान लियोनल मेस्सी सन् २०१९ मा हुने कोपा अमेरिका प्रतियोगितामा भग लिन राष्ट्रिय टोलीमा फर्किने भएका हुन् । मेस्सीले अहिले अन्तर्राष्ट्रिय करिअर बिट मार्ने सही समय नभएको ठरह गर्दै राष्ट्रिय टोलीमा फर्किने निर्णय गरेका हुन् । रिपोर्टअनुसार मेस्सीले हालसालै अर्जेन्टिनी फुटबल संघ र राष्ट्रिय टोलीका प्रशिक्षक लियोनेल स्कालोनीलाई आफू पुन राष्टिय टोलीमा फर्कनेबारे जाकारी दिइसकेका छन् ।

अर्जेन्टिनाले अर्को वर्ष दक्षिण अमेरिकी क्षेत्रका सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका खेल्ने छ । सो प्रतियोगितामा अर्जेन्टिना यसअघि फाइनलमा पेनाल्टी सुट आउटमा चिलीसँग पराजित भएको थियो । रसिया विश्वकप पछि मेस्सी राष्ट्रिय टोलीमा सहभागी भएका छैनन् । राष्टिय टोली बाहिर रहदै अएका मेस्सीले सन्यास लिन्छन् भन्ने धेरैको अनुमान थियो । तर मेस्सी भने मौन रहदै आएका थिए । मेस्सीले त्यस्ता अनुमानलाई गलत साबित गदै राष्टिय टोलीमा फर्किने निर्णय गरेका छन् ।

मेस्सीले विश्वकपपछि सम्पूर्ण ध्यान क्लब फुटबलमै लगाउन राष्ट्रिय टोलीका मैत्रीपूर्ण खेलहरू खेलेका थिएनन् । तर, अब भने मेस्सी राष्ट्रिय टोलीमा फर्किएर देशका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा सामेल हुन भएका छन् ।